काठमाडौँ, २९ साउन

गायक निशान भट्टराईले विवाह गरेका छन्। २७ साउनमा ९मंगलबार० काभ्रे जिल्ला अदालत, धुलिखेलमा प्रेमिका ऋचा न्यौपानेसँग कानूनी विवाह गरेका उनले यसबारे आज सामाजिक सञ्जाल फेसबूकमा जोडीकै तस्वीर राखेर जानकारी गराएका हुन्।

मोरङ उर्लाबारीका निशान र धुलिखेल निवासी ऋचा केही समयदेखि प्रेम सम्बन्धमा थिए। ऋचाले दुवैको तस्वीर र भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी थिइन्। मिस काभ्रे २०१८ की सेकेन्ड रनरअप उनले निशानको स्वर रहेको ‘लाउर जाने रेल’मा मोडलिङ समेत गरेकी छिन्।

पछिल्लो समय चर्चामा रहेको गीत ुके माया लाग्छ रु मा स्वर दिएका निशान गायन रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका थिए।

निशानले कोरोनाभाइरस महामारीको कठिन अवस्थाका कारण कानूनी विवाह गरेको बताएका छन्।

उनले आज फेसबूकमा जीवनसाथीसँगको तस्वीरसहित एक पोस्ट राख्दै लेखेका छन्, ‘यति धेरै माया र आशीर्वाद हामीले पाएकोमा धेरै नै खुशी छौं। यो अहिलेको जटिल समयका कारण हामीले कानूनी विवाह गर्ने निर्णयलाई उचित सम्झियौं र यसलाई सफल बनायौं। हजुरहरुको माया र आशीर्वाद यसरी नै सधैं कायम रहिरहोस्।’

तपाईको प्रतिक्रिया