काठमाडौं,१९ साउन  

पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १४ हजार ९६१ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ।

हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

तपाईको प्रतिक्रिया