मनिष खनाल ,

श्रीमल चेपाङ्ग २०५४ को निर्वाचनमा लोथर गा.बि.सको उपाध्यक्ष निर्वाचित भई ५ बर्ष गाउँ बासीको सेवा गरे | उनको गाउँ अहिले राप्ति न.पा १३ मा पर्छ उनको घर पुग्न लोथारको कालिटारबाट ५ घण्टा उकालो धाउनुपर्छ | उनको घर धादिङ्गसंग जोडिएको सिमानामा पर्छ | हिजो काम बिशेषले भण्डारा झरेका रहेछन | उनले आज बिहान मलाई फोन गरेर कोरोनाको कहर सुनाउदै पहिरोमा परि आफ्नो घरगोठ पुरिएकाले आफ्नो परिवार ओढारमा बसिरहेको गुनासो गरे | ४ दिन अघि मात्र त्यो गाउँका मानिसहरुलाई हरि अधिकारि परिवारको सहयोगमा ५० घरधुरीलाई प्रति धुरी १ बोरा चामल बाडेर आएको थिए | श्रीमलको परिवारलाई आफ्नो खेतीले ४ महिना पनि पुग्दैन बास बस्ने एउटा सानो घर बनाइदिन पाए चेपाङ्ग परिवारको कल्याण हुन्थ्यो | श्रीमलका छोरा हाम्रै छात्राबासमा बसेर पढ्छन हाल कक्षा ८ का बिधार्थी हुन् |

तपाईको प्रतिक्रिया