सबिता अधिकारी , चितवन : अविरल वर्षाले भत्काएको पुल सडक इच्छाकामना गाउँपालिकाले एक दिनमा तयार गरेर सडक सुचारु गरेको छ । अविरल वर्षाले पुल भत्काएपछि इच्छाकामना गाँउपालिकाले चौविस घण्टामा पुल बनाएर यातायात सुचारु गरेको छ । वडा नम्बर सात स्थित हरिपुरको पुल सोमवार विहानै भत्काएको थियो । गाउँपालिका अध्यक्ष गिता गुरुङ खबर पाएलगत्तै पुल भत्किएको स्थान पुगेकी थिईन । उनी आफै खटिएर जतिसक्दो छिटो काम सम्पन्न गराउन खटिएकी थिइन । ‘ बाटो भनेको अपरिहार्य हो , पुल भत्किएपछि सबैभन्दा समस्या एम्बुलेन्सलाई हुन्छ ’ उनले भनिन् ‘ समस्या नहोस भनेर छिटो छिटो काम गरेका हौ ’ ।

बैकल्पिक बाटो निमार्ण गरेर सडक सहज बनाइएको हो । गाउँपालिकाको अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ वडाध्यक्ष बम बहादुर मगरको विशेष पहलमा अवरुद्ध यातायात सुचारु गराउन तत्काल अस्थायी बाटो निर्माणको काम सुरु भएको हो। ह्युम पाइप हालेर सडक सुचारु गरिएको थियो । याउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ पनि पुगेका थिए । रेको थियो । गाँउपालिकाले तत्तकाल साधन स्रोत जुटाएर पुलमा डाइभर्सन बनाएर यातायात सहज बनाएको थियो । बाढिले भत्काएको इच्छाकामना ७ स्थित हरिपुर पुलमा अवरुद्ध यातायात सुचारु गराउन तत्काल अस्थायी बाटो निर्माणको काम सुरु गरिएको उपाध्यष श्रेष्ठले बताए । १२ वटा ह्युम पाइप र ४० ट्रीप ढुङ्गा ग्रावेल राख्नी अवरुद्ध यातायात सञ्चालन गरिएको वडाध्यक्ष बमबहादुर मगरले बताए ।

तपाईको प्रतिक्रिया