सिन्धु ढकाल चितवन ,साउन ।
मुग्लिन नारायणगढ सडकको बतासे डाडामा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।
मङलबार राति ८ बजे सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । पहाडनै खसेपछी पन्छाउन काठिन भएको छ । यो सडक खण्डको अन्य स्थानमा पनि साना पहिरो खस्दा बाटो अबरुद्ध भएको थियो । पहिरो पन्छाउने काम बिहान ९ बजे सम्म भएको छैन ।
बाटो अबरुद्ध भएपछी मुग्लिन जान र भरतपुर आउन समेत समस्या भएको छ । पहिरो पन्छाउने काम छिट्टै सुरु हुने बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिनु भयो ।
बाटो अबरुद्ध भएपछी पहिरो माथिबाटै मोटरसाइकल डोर्‍याएर जोखिममा यात्रा गर्न थालेका छ्न ।
चितवन र धादिङ जोड्ने मोवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । भएको थियो |
फोटो फिचर ; सुनिल कुमार श्रेष्ठ

तपाईको प्रतिक्रिया