चितवन , साउन ६ : तरुणका कार्यकर्ता लागे नारायणी नदीको बाढीले जोखिमयुक्त क्षेत्रमा बाँध बनाउन नेपाल तरुण दलका नेता कायृकर्ताले श्रमदान गरे । पश्चिम चितवनको मैघौलीमा नारायणीले भत्काउन लागेको स्थानमा बाँध बनाउन मंगलवार श्रमदान गरे । ३८ औं विपी स्मृति दिवसको अवसरमा चितवनका तरुण नेता तथा कार्यकर्ता बाढीको जोखिमयुक्त क्षेत्रमा काम गरेका थिए । बाढीले भत्काउन लागेको बाँध बनाउन श्रमदान गरेको कार्यक्रम संयोजक नेपाल तरुण दलका नेता सोम भण्डारीले बताए । बाँध बनाउन लागेको स्थानमा उनीहरुले टोलीले ढुङ्गा बोकेर वालीमा हालेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को सिमा क्षेत्रमा रहेको न्यूरे चोकमा बाँध बनाउन सहयोग गरेका हुन ।

तरुण युवाहरुसंग नेपाली काँग्रेस चितवनका नेताहरु पनि सहभागी भएर हौसला प्रदान गरेका थिए । नेपाली काग्रेसका महासमिति सदस्य दिनेश कोईराला , काग्रेसका महासमिति सदस्य एवं तरुण दलका पुर्व केन्द्रिय सदस्य सुवोध प्रधान नेपाल महिला संघ चितवनकी अध्यक्ष एवं भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी सहभागी थिए । झण्डै सय भन्दा बढी तरुणहरुको सहभागीता रहेका थियो । नेपाली काग्रेस क्षेत्र नम्बर ३ क का सभापति अमृत बाँनिया , भरतपुर नगर सचिव किशोर गुरुङ , नेपाल रेडक्रस सोसाइटी चितवनका उपसभापति विदुर केसी , तरुण दल चितवनका सचिव प्रल्हाद उप्रेती , महिला संघ सचिव तारा गुरुङ लगाएत नेताहरु पनि पुगेका थिए । उक्त क्षेत्रमा नदीले वर्षेनी नदी कटान गर्दै आएको छ । उक्त क्षेत्रका बासिन्दा बाढीको कारण असुरक्षित महसुस गरेका बेला नेपाली काँग्रेसको भातृसंगठन तरुण दलका कार्यकर्ताहरु बाढीको जोखिमयुक्त क्षेत्रमा खटिएका हुन ।

 

तपाईको प्रतिक्रिया