भरतपुर : पूर्व सभापति विकास कोईरालाको कारवाही फिर्ता गराउन नेपाली काग्रेस चितवनले केन्द्रीय समितिमा सिफारिस गरेको छ । पार्टी सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोईरालाको कारवाही फिर्ता गर्न गराउन केन्द्रीय समितिमा सिफारिस गराउन निर्णय गरेको हो । जिल्ला समितिको आज बसेको बैठकले सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला सचिव राजिव न्यौपानेले बताए । कोईरालालाई २०७० सालको संविधान सभा निर्वाचनमा केन्द्रीय सभापति सुशिल कोइरालाको विरुद्धमा उम्मेद्धवारी दिएको भन्दै तत्कालिन केन्द्रीय समितिले निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया