नयाँदिल्ली : बलिउड अभिनेत्री समिरा रेड्डी दोस्रो सन्तान जन्माउँदै छिन् । यसबारे उनले इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल मार्फत आफू गर्भवती भएका तस्बिर सार्वजनिक गरिसकेकी छन् ।

पछिल्लो समय ३९ वर्षीया अभिनेत्री रेड्डीले एक रोचक फोटोसूट गराइन् । जसलाई लिएर व्यापक चर्चा हुँदैछ ।

स्वीमिङ पुलको पानीभित्र विभिन्न पोजमा उनले फोटो खिचाएकी हुन् । गर्भवती भएकी समिराले पानीभित्रै बिकिनीमा विभिन्न पोज दिएकी छन् ।

इन्स्टाग्राममा जनाइए अनुसार उनी ९ महिनाको गर्भवती भएकी छन् । हाल इन्स्टाग्राममा उनका तस्बिरलाई लिएर चर्चा भएको छ ।

थप समाचार

तपाईको प्रतिक्रिया