सुनिलकुमार श्रेष्ठ चितवन : भरतपुर महानगरपालिका–५रोयल फर्निचर उद्योगमा भीषण आगलागि भएको छ । भरतपुर ५ नारायणपुर स्थित रोयल वुड पार्केट इन्डष्ट्रीजमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । बिहान ३ बजे भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको उनले बताए। विहान लागेको आगो अझै नियन्त्रण बाहिर  छ । आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नेपाली सेनाको दमकल, माडी नगरपालिका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको छ ।   

तपाईको प्रतिक्रिया