गैडाकोट , नवलपुर : साँझ ढल्किैदै जाँदा नारायणी नदी किनार संगितमय बन्दै गयो । बुधवार आफ्नो रोजाईको कलाकार आउने भएपछि दर्शकको भिड बढ्यो । सबैको पखाई बनेका थिए गायक प्रमोद खरेल । गैडाकोट स्थित नदी किनारमा प्रमोद खरेल स्टेज उक्लिएपछि चिसो मौसममा संगीतको माहोल तातिन थाल्यो । प्रमोदको गितमा दर्शक झुम्न थाले । खरेलको प्रस्तुतीसंगै दर्शक संगीतमा रमाईरहेका थिए । एक पछि अर्को गितमा दर्शक उफार्न सफल गायक खरेलले गित गाँउदा फरक दृष्य देखियो । नेपाली गितमा रसिएन कलाकारको नाच । खरेलको गितमा रसियन कलाकार स्टेजमा नाच्न थाले । चल बतास चल गितमा गरेको नृत्यले थप माहोल तताउने काम गर्यो । खरेलको लाई देउ न माया गितमा पनि आकर्षक नृत्य प्रस्तुतीले रौनकता थप्यो । नेपाली गितमा रसियन कलाकारले पनि आफनो कला पस्किन । दर्शकलाई कला पस्किएकी ती कलाकार पनि प्रमोदको गितमा झुमिन् ।
नवलपुर उद्योग बाणिज्य संघको आयोजनामा भएको तेस्रो गैडाकोट महोत्सवमा प्रमोद खरेलले दर्शक उफारे । उनले गाएका गितमा दर्शक नाचेर रमाए । उनले म विना , भुम्कावाली , यो कुरा गोप्य गित गाएर दर्शकलाई नचाए ।

तपाईको प्रतिक्रिया