सुनिल कुमार श्रेष्ठ नवलपुर : पूर्व प्रधानसेनापति गौरब शम्सेर जंग बहादुर राणाले टेम्पल टाईगर गल्फ प्रतियोगिताको उपाधी जितेका छन । उनले उच्च अंकका ‘ टेम्पल टाईगर गल्फ प्रतियोगिता २०२० ’ जितेका हुन । शनिवार नवलपुरको दुम्कौलीमा चौधरी ग्रुपको सिजि गल्फ कोर्टमा शनिवार उत्कृष्ट खेलेर प्रतियोगिता जिते । उनले ३९ स्कोर गरेका थिए । निकै प्रतिष्पर्धात्मक प्रतियोगितमा नेपाली सेनाका सहायक रथी सुदर्शन सिलवाल एक अंकले पछि पर्दै दोेस्रो भए ।
त्यस्तै महिला तर्फको खेलमा गिता गुरुङ विजयी भईन । उनले ४१ ऋंक ल्याईन भने दोस्रो हुने रिता थापाले ३८ अंक ल्याएकी हुन । सिनियरहरुको खेलमा रबिन्दैराज पाण्डेले जिते । प्रतियोगिता अन्तर््गत उत्कृष्ट डे«सबाट पवित्रा याकाथुम्बा । मष्ट बर्डिसबाट प्रदीप कुमार श्रेष्ठ , लङगेष्ट टु पिनमा सग्योग शाही र क्लोज टु पिनबाट सुरिड घिमिरे पुरस्कृत भए ।


भम्रण वर्ष लक्षित गरेर टेम्पल टाईगर होटलले गल्फ प्रतियोगितको आयोजना गरेको हो । प्रतियोगिता ९ होलको हुनेछ ।खेललाई पर्यटनसंग जोडेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । भ्रमण बर्ष २०२०को अवसर पारेर खेललाई पर्यापर्यटन संग जोड्नका लागि प्रतियोगिताको आयोजना गरिएको टेम्पल टाईगरका कार्यकारी अध्यक्ष बसन्त मिश्रले बताए ।
शनिवार नेपालका उच्च पदस्थ ब्यक्तिहक्रुो सहभागीता थियो । उद्योगी ब्यवसायी , नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरुको समेत सहभागीता रहेको थियो । प्रतियोगितामा ८ महिला सहित ३७ जनाको सहभागीता रहेको थियो ।


नेपालमा गल्फ खेल्नकै लागी भारत, मलेसीया र भुटान बाट पर्यटकहरु आउने गर्छन । पर्यटकिय आकर्षणका लागी चौधरी ग्रुपमा रहेको सिजि गल्फ रिट्रेट गण्डकी प्रदेशमै उत्कृष्ट मानिएको छ । गल्फल खेल्न पर्यटक आकर्षण गर्ने उदेश्यले संचालन गरिएको हो । नवलपुरमा पहिलो पटक गल्फ प्रतियोगिता गरिएको हो ।

तपाईको प्रतिक्रिया