भरतपुर : बीस हजार जेसीजको नेतृत्व पाएका नवनिर्बाचित अध्यक्ष रेशमराज शर्माले कार्यभार सम्हालेका छन । बर्ष २०२० को अध्यक्षमा निर्बिरोध भएका पौडेललाई बर्ष २०१९ का अध्यक्ष सन्तोष मजाकोटीले पद हस्तान्तरण गरे । ले बीस हजार जेसिजलाइ थप उचाईमा लाने प्रतिबद्धता जनाएका छन । त्यसका लागि योजना तयार गरेको भन्दै अघिल्लो कार्यकालमा अधुरो काम पूरा गर्ने बताए । आफ्नो शाखाका पुर्ब अध्यक्ष अरुणेश्वोर खनाललाई रास्ट्रीय अध्यक्षका लागि लबिङ गरेर निर्बाचित गराउन लागि पर्ने जनाए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिजका पुर्बरास्ट्रीय अध्यक्ष दिनेश कोइरालाले जेसिजले मुलुकमा युवाहरूलाई सकारात्मक बाटोमा डोर्‍याउन सफल भएको दाबी गरे । उक्त कार्यक्रममा नेकपा बाग्मती प्रदेश सदस्य बद्री तिमिल्सिना , नेपाली काङ्ग्रेस चितवनका सचीव उत्तम जोशी , नेपाल जेसिजका रास्ट्रीय कार्यकारिणी उपाध्यक्ष गोकुल सापकोटा , जेसिआई सिनेटर सुदिप सिंह अधिकारी , नारायणगढ जेसिजका अध्यक्ष अनोज जोशी , पुर्ब कार्यकारिणी उपाध्यक्ष अरुणेश्वोर खनाल , पुर्ब अध्यक्षहरु सुरज हमाल , रमेश चन्द्र बस्ताकोटी , मानार्थ सदस्य ज्ञानेन्द्र गिरि लगाएतले बोलेका थिए । उक्त अवसरमा अध्यक्ष पौडेलले गोबिन्द अधिकारीलाई महासचिव नियुक्त गरे । त्यस्तै जेबि गुरुङ , रामजि अधिकारी र अर्जुन रानाभाटलाई मानार्थ सदस्य प्रधान गरिएको थियो । हेरौ पद हस्तान्तरणका झलक तस्बिरमा

 

तपाईको प्रतिक्रिया