चितवन : शसस्त्र प्रहरी बलका धावक गोपीचन्द्र पार्कीले मिनी म्याराथुनको विजेत बनेका छन । १३ औ साग खेलमा स्वर्णपदक विजेता कार्कीले ३ सय ५२ जनालाई पछि पार्दै निर्धारित १५.४ किलोमिटरको दुरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । रोटरी क्लब अफ रत्ननगरले भण्डारादेखी रत्ननगरको निपनीसम्म दौड आयोजना गरेको थियो । आयोजना गरेको रोटरी मिनि म्याराथनमा कार्कीले १५ं.४ किलोमिटर दुरी ४२ मिनेट ३५ सेकेण्डमा पुरा गरेर दौड जितेका हुन । रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको मिनि राष्ट्रिय म्याराथुनमा स्वर्ण पदक विजेता पार्कीले जितेका हुन । लिगिलिगे दौडमा विजेता भएर लिगलिगे राजा बनेका अनिश थापा मगर भने ६ सेकेण्डले गर्दा दोस्रो भए । प्रतियोगितामा त्रिभुवन आर्मीका दिपक अधिकारीले ४४ मिनेट ११ सेकेण्डमा दौड पुरा गरेर तेस्रो भए ।
रत्ननगर रोटरीले पर्यटन वर्ष २०२० लाई केन्द्रीत गरेर आयोजना गरिएको क्लबका अध्यक्ष बिपिन पोख्रेलले बताए । पूर्वी चितवनको भण्डाराबाट देखि रत्ननगरको निपनीसम्ममा दौड गरिएको थियो । प्रतियोगिताका विजेताले नगद ५० हजार नगद , दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद सहित मेडल पाए ।

 

तपाईको प्रतिक्रिया