भरतपुर : ब्यवसायिक खेलाडि उत्पादनका लागि चितवन प्रीमियर लीग क्रीकेट प्रतियोगिता हुने भएको छ । नारायणगढको क्याम्पा चौरमा नारायणी एडभर्ट्टाइजिङ एण्ड इभेट्स ले प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता माघ १७ गते देखि २५ गते सम्म संचालन गरिने आयोजकले जनाएको छ । स्थानिय खेलाडिको प्रोत्साहनका लागि प्रतियोगिता गरिएको प्रबन्ध निर्देशक राजु चौधरीले बताए । प्रतियोगिताका केही खेल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा खेलाइने चौधरीले बताए ।

प्रतियोगितामा चितवनका पाँच टिमको सहभागिता रहने आयोजकले जनाएको छ । भरतपुर गुर्खाज , माडी टाइगर्स , इच्छाकामना वारियर्स , सौराहा स्याण्ड्स , र राप्ती र्यापिड्स रहेका छन । हरेक टिमले १९ वर्ष मुनिका दुई  जना रास्ट्रीय खेलाडि अनिवार्य राख्नुपर्ने जनाएको छ । भने तीन जना स्थानिय खेलाडी राख्नु पर्ने प्राबधान छ । प्रतियोगिताको बिजेताले दुई लाख र उपबिजेताले एक लाख पाउनेछन । प्रतियोगितामा उत्कट खेलाडी बेस्ट बलर , बेस्ट ब्याट्स्म्यान , बेस्ट अलराउण्डरको अवार्ड दिइने बताइएको छ ।

तपाईको प्रतिक्रिया