चितवन, माघ ०८ ,

पर्यटनको प्रर्वद्धन गर्नका लागि नवलपुरमा रहेको टेम्पल टाईगर रिसोर्टले गल्फ प्रतियोगिता गर्ने भएको छ । नवलपुरको दुमकौलिमा रहेको सिजि गल्फ रिट्रेटमा माघ १८ गते प्रतियोगिता गरिने आज पत्रकार सम्मेलनको आयोजा गरी जानकारी गराईएको हो ।

भ्रमण बर्ष २०२०को अवसर पारेर खेललाई पर्यापर्यटन संग जोड्नका लागि प्रतियोगिताको आयोजना गरिएको टेम्पल टाईगरका कार्यकारी अध्यक्ष बसन्त मिश्रले जानकारी दिनुभयो । विश्व स्तरमा परिचित गल्फ प्रतियोगिताले पर्यटन भित्र्याउनका लागि केही मद्धत पुग्ने मिश्रको भनाई छ । एक दिने प्रतियोगितामा नेपालका ३३ खेलाडीले नाम दर्ता गराएका छन् । यस प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी समावेश हुनेछन् । काठमाण्डौ, पोखरा, धरानका खेलाडीले सहभागिता जनाउने क्यापटेन राईले जानकारी दिनुभयो ।

प्रतियोगिता ९ होलमा ३४ हेन्डीक्याम्प स्टेबलफोर्ड फर्मयाटमा खेलाईने क्यापटेन राईले बताउनुभयो । एक्लै पनि खेल्न मिल्ने खेल भएपनि चार जनाको समुहमा खेल सञ्चालन हुनेछ । गल्फ प्रतियोगिता नेपालमा कम लोकप्रिय भएपनि यो खेलबाट नेपालमा पर्यटक भित्र्याउन सके देशलाई फाइदा हुने उहाँको भनाई छ ।

दुमकौलीमा सिजि ग्रुपले अन्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण गरेको छ । यहाँ स्थानीय स्तरका खेलाडीलाई निःशुल्क खेल्न दिने गरेको सिजि गल्फ रिट्रेटका व्यवस्थापक दिल्ली पौडेलले जानकारी दिनुभयो । यहाँ भारत, मेसिया, भुटान देखि गल्फ खेल्नका लागि आउने गर्दछन् । तर, स्थानीय स्तरमा प्रचार प्रसार कम हुँदा नेपालमा खेलाडी उत्पादन गर्न नसकिएको पौडेलले जानकारी दिनुभयो । स्थानीय स्तरका खेलाडी उत्पादन गर्नका लागि उनिहरुलाई निःशुल्क रुपमा खेल मैदान उपलब्ध गराउने गरेको छ । उहाँका अनुसार नेपालमा ३ देखि ४ सयको हाराहारीमा गल्फका खेलाडी रहेको छन् ।

तपाईको प्रतिक्रिया