नारायणगढ
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी भएका छन । मंगलवार भएको निर्वाचनबाट आगामी दुई वर्षे कार्यकालका लागी श्रेष्ठ निर्वाचित भएका हुन । श्रेष्ठले शाक्यलाई ७ सय ४५ मतले पराजित गरेका हुन । श्रेष्ठले १९३८ ल्याए भने शाक्यले ११९३ मत ल्याएका थिए  । श्रेष्ठ संस्थापन पक्षको उम्मेदवार रहेका थिए ।  उनी अघिल्लो पटक अध्यक्षमा पराजित भएका थिए । निर्वाचनमा ३१ सय ७२ जनाले मतदान गरेका थिए । विद्युतीय भोटिङ प्रणाली अनुसार मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया