अनिल ढकाल
नेपालको सबैभन्दा चर्चित गायन रियालिटी सो नेपाल आईडलको टप १७ मा चितवनका केबिन ग्लान तामाङ छनौट भएका छन ।  संगितको शिखर नाम दिईएको नेपाल आईडलको बेस क्यापमा पुगेका छन । एपीवान टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी सो नेपाल आईडलको शुक्रवार भएको गायनमा केबिन टप ३० बाट छानिएर टप १७ मा पुगेका हुन । उनको गायन कलाको निर्णायकहरुले खुलेर प्रसंसा गरेका थिए । चितवनका २२ वर्षे ठिटो केबिनले निर्णायकको ताली पाए । शुक्रवार उनले गित गाएका थिए । उनी चितवनको पर्साका हुन ।


निर्णायक न्ह्यू बज्राचार्यले उनको प्रसंसा घुमाउरो शैलीमा गरे । संगीतको शिखरको यात्रामा रहेका प्रतिष्पर्धी मध्येका एक केबिनलाई उनले भने ‘ हाई अल्टिच्यूटमा पुग्दा कसरी सास फेर्ने कसरी टिक्ने भन्ने कुराको ट्रिक हुन्छ त्यो तिमीमा पाए ’ ।
‘ गितको गायन सुन्दा धेरै माथीसम्म पुग्नुहुन्छ भन्ने मलाई थाहा छ ’ ईन्दीरा जोशीले भनिन् ‘ आफुलाई गित र स्टेजमा उत्तिकै न्याय दिएर गाएको पाए । गित सकियो र भन्ने भयो ’ । त्यस्तै अर्का निर्णायक कालीप्रसाद बास्कोटाले केविनको आत्मविश्वासको प्रसंशा गरे । ‘ यो स्टेज मेरो हो मेरो कर्म गर्ने ठाँउ हो भन्ने अनुभव हुन्छ केबिनले स्टेजमा आउदा त्यो गरेको पाए ’ गायन , दर्शकसंग डर थिएन यही आत्मविश्वासले अघि बढाउछन ’ ।

तपाईको प्रतिक्रिया