जापानकी केन तनाका विश्वको सबैभन्दा पाको उमेरका व्यक्ति बनेकी छन् । उनले आफन्त र नजीकका साथीहरुसँग ११७ औं जन्मदिन मनाएकी छिन् । उनको जन्म २ जनवरी १९०३ मा भएको थियो । गत वर्ष ९ मार्चमा ११६ वर्ष ६६ दिन पुगेकी तनाकाको नाम गिनिज वर्ल्ड रेर्कडमा दर्ता गरिएको थियो । गिनिज वर्ल्डले उनलाई प्रमाण पत्रसहित सम्मान गरेको हो ।

तनाका परिवारको सातौं सन्तान हुन् । उनी एक सामान्य पसल चलाएर आफ्नो गुजारा चलाउने गर्थिन् । उनी कोलोरेक्टल क्यान्सर पीडित थिइन् । क्यान्सर सँग लडेर उनले अहिले नँया जीवन पाएकी छिन् ।

उनीभन्दा अघि पाको उमेरको व्यक्ति जापानको अन्य महिला चियो मियाको थिइन् । जापानका मानिसहरु १०० वर्षभन्दा बढी बाच्ने रेर्कड छ । जापानीहरु अन्य देशका मानिसहरु भन्दा कम बिरामी हुन्छन् । स्वस्थ जीवन शैलीका कारण
त्यँहाका मानिसहरु तन्दरुस्त छन् । सबैभन्दा पुरानो पाको उमेरको रेर्कड अझै पनि जापानको नाममा छ । जुन जापानको लागि ठूलो समस्या पनि बनेको छ ।

तपाईको प्रतिक्रिया