सौराहा , पौष १७
होटल चितवन हात्ति महोत्सवमा यस वर्ष फास्ट वाकको उपाधी एकताकलीले पाएको छ । विहिवार भएको हात्ति फास्टवाकमा सौराहाको होटल सेन्ट्रल पार्कको तर्फबाट सहभागी एकताकली प्रथम भएको हो । सहभागी पाँच हात्ति मध्ये एकताकलीले उपाधी जितेको हो । खेल संयोजक अञ्जनकुमार पाण्डेका आनुसार एयरपोर्ट होटलको तर्फबाट सहभागी लक्कीकली दोस्रो र कुमजोज मध्यवर्ती उपभोक्ता समितिको तर्फबाट सहभागी गुलाफ कली तेस्रो भएको हो । विजेतालाई शुक्रवार आयोजित समापन कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया