बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा अघिल्ला दिन हात्तीको बनभोज, फुटबल, पोलो हेरेर रमाएका दर्शकका लागि ‘हात्ती सुन्दरी’ प्रतियोगिता नौलो बन्यो। हात्ती महोत्सव अन्तर्गत बिहिबार सौराहामा बेहुलीझैं सिँगारिएका हात्ती दर्शकदीर्घामा ‘क्याटवाक’ गरिरहँदा मैदानमा रहेका निर्णायकहरू ध्यानपूर्वक नियालिरहेका देखिन्थे।

हात्ति सुन्दरी प्रतियोगितामा अन्तिम तीन प्रतिष्पर्धी हात्ति क्याटवाक गर्दै । तस्विर :सरोकार online

सबैलाई  मोहित बनाउँदै बफकिङकली हात्ती सुन्दरी प्रतियोगिताको उपाधी चुम्न सफल भयो ।  चितवन हात्ती महोत्सव अन्तर्गत गरिएको हात्ती सुन्दरी प्रतियोगिताको फाइनल प्रतिस्पर्धी अन्य दुई हात्तीलाई पछि पार्दै होटल ब्यवसायी ज्ञानेन्द्रकुमार विष्टको ३५ वर्षको बफकिङकली विजेता बनेको हो ।

हात्ति सुन्दरीको उपाधी विजेता बफकिङकली । तस्विर : सरोकार online

प्रतियोगितामा बलराम दाहालको चम्पाकली फस्ट रनरअप र गोकर्ण गिरीको जयमतिकली सेकेण्ड रनरअप भए । प्रतियोगितामा युनाइटेड हात्ती संचालन सहकारी संस्थामा आवद्ध पाँच हात्ती सहभागी थिए । निर्णायकको प्रश्नको सामना  हात्तीले माहुतेको इशाराबाट गरे । उनीहरुले हात्तीको सुँड, दारा, खुट्टा, चिल्लो पना, हिँडाइ र माहुतेको आनीबानी बुझेर निर्णय गरेका थिए । हात्तीको श्रृंगार, अनुशासन र हात्तीको स्वास्थ हेरिएको थियो ।फाईनलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका परमानन्द गर्ग , संरक्षणकर्मी बासु विडारी र खेल रेफ्री कृष्ण चौधरी रहेका थिए ।

हात्ति सुन्दरी प्रतियोगिताको फाईनलमा हात्तिको मुल्याङ्कन गर्दै निर्णायकहरु । तस्विर : सरोकार online

दर्शकले बनभोजपछि सबैभन्दा बढी रुचाएको प्रतियोगिता ‘हात्ती सुन्दरी’ हो । यस्तो प्रतियोगिताले हात्तीलाई सुन्दर र स्वस्थ राख्न प्रेरणा दिन्ने महोत्सवका मूल संयोजक राममणी खनालले बताए  ।

हात्ति सुन्दरी प्रतियोगिताका प्रतिष्पर्धी हात्ति क्याटवाक गर्दै । तस्विर: सरोकार online

वन्यजन्तुलाई सफा र सुन्दर राख्नपर्छ भनेर प्रतियोगिता गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले बताए ।गत शनिवार पहिलो चरणबाट निर्णायहरु राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका परमानद्यद गर्ग , कोषकै वन्यजन्तु प्राविधिक रमेश दराई र शिक्षिका नविना चौलागाईले तीन हात्तिलाई फाईनलमा प्रवेश गराएका हुन ।

हात्तिको मुल्याङ्कन गर्दै निर्णायक : तस्विर सरकोर online

तपाईको प्रतिक्रिया